जती नजिकिँदै तिज,उति बढ्दै सुनको भाउँ

काठमाण्डु टुडे २०७६ भदौ १२ गते १२:०५ मा प्रकाशित

काठमाण्डु १२ भदौ – सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ बढेको छ ।

बिहीबार छापावाल सुन तोलाको ७३ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि बिहीबार तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us