नेपालकै ठूलो म्यानपावरमा विभागको छापा: बढी शुल्क लिदै गर्दा रङेहात पकाउ

काठमाण्डु टुडे २०७६ साउन १९ गते १७:३५ मा प्रकाशित

काठमाण्डु,१९ साउन— आइतबार ललितपुरको कुपण्डोलस्थित नेपालकै ठूलो प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

बढी शुल्क लिएको सुचना विभागमा आएपछि विभागको टोली त्यहाँ पुगेको हो ।युएई जान लागेका कामदारहरुसँग तोकिएको भन्दा धेरै शुल्क उठाइरहेको अवस्थामा विभागले रंगेहात फेला पारेको हो ।
क्लिनरका रुपमा पठाउन लागिएका कामदारसँग कम्पनीले १ लाख भन्दा बढी रकम मागेको थियो । विभागले अनुसन्धानका लागि म्यानपावरका विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।
प्याराडाइज म्यानपावर कम्पनी गत वर्ष सबैभन्दा धेरै कामदार पठाउनेमा तेस्रो स्थानमा थियो । यसले एक वर्षमै ३ हजार सय २७ कामदारलाई विदेश पठाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us