काठमाण्डु,१९ साउन—भारतिय सरकारको लगानीमा निर्माणाधिन अरुण– ३ जलविद्युत परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको छ । भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आईतवार उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई भेटी उक्त जानकारी दिए ।
भेटमा मन्त्री पुनले सरकारले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सिमा भित्र नै अरुण– ३ परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।उहांले नयां कार्यकारी अधिकृतलाई सफल कार्याकालको शुभकामना दिंदै आयोजना निर्माणमा समस्या देखिए सरकार सहजिकरण गर्न तयार रहेको बताए ।
‘सरकार र उर्जामन्त्रालयले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रवन्धको व्यवस्था पनि हामिले मिलाएका छौ । तपाईहरुले समयसिमा भित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने विश्वास हामिलाई छ ।’ मन्त्री पुनले भेटमा भने ।
एसजेवीएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण– ३ जलविद्युत परियोजना समयसिमा भित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाए । उनले सरकारको तर्फबाट सहयोग प्राप्त भइरहेको भन्दै स्थानिय जनताले समेत परियोजना निर्माणमा सहयोग गरिरहेकोबताइ ।
।
धिमानले टनेलको १२ प्रतिशत काम सहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको बताए ।भेटमा मन्त्री पुनले टनेल,आयोजनाको अवस्था, सुरक्षा व्यवस्थालगायतको वारेमा चांसो राखेका थिए ।जवाफमा कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगतीको वारेमा मन्त्री पुनलाई जानकारी दिनुका साथै आवश्यक सहयोग गरिदिन आग्रह समेत गरे ।
उनले नेपालमा पछिल्लो समय लगानीको लागी राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीको लागी ईच्छुक रहेको जानकारी मन्त्री पुनलाई दिए ।९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित कुल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई निशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको आयोजनाको शिलान्याश प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिए ।
आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने गरी सरकारले सम्झौता गरेको छ ।