सुनको भाउ चुलियो, तोलाको ६५ हजार ८००

काठमाण्डु टुडे २०७६ साउन १९ गते ११:५८ मा प्रकाशित

काठमाण्डु,१९साउन —सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ ।
यसैक्रममा, नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य पनि हो । बिहीबार सुन प्रतितोला ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भाउ चुलिएसँगै नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो । नेपालमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् । विश्व बजारमा सुन प्रति आउन्स १ हजार ४४९ डलरसम्म पुगेको छ ।
विश्लेषकका अनुसार अमेरिका र चीनको व्यापारिक युद्धका कारण पनि सुन सञ्चय गर्ने क्रम बढेको हो । अमेरिका र इरानबीच बढ्दो तनावले पनि सुनमा आकर्षण बढेको विश्लेषण भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us