साताको शेयर बजार : दुई अर्बको कारोवार

काठमाण्डु टुडे २०७६ साउन १८ गते १६:०८ मा प्रकाशित

काठमाण्डु, १८ साउन–धितोपत्र बजारमा यस साता पनि दुई अर्ब बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७४ लाख ८० हजार ८५५ कित्ता शेयर रु दुई अर्ब आठ करोड ६२ लाख १५ हजार ६७१ मूल्यमा खरीद बिक्री भए ।
अघिल्लो बिहीबार अर्थात् साउन ९ गते नेप्से १४/१५ विन्दुले घटेर एक हजार २६९।९२ विन्दुमा बन्द भएको नेप्से आइतबार थप ओरालो लाग्यो । आइतबार नेप्से १७।११ विन्दुले घटेर एक हजार २५२/८० विन्दुमा पुग्यो । सो दिन कूल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरीद बिक्री भए ।
आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक सोमबार भने तीन अङ्क बढीले वृद्धि भयो । सो दिन नेप्से परिसूचक ३/१८ विन्दुले बढेर एक हजार २५५/९८ विन्दुमा पुगयो । सो दिन कारोवार रकम भने आइतबारको तुलनामा घट्यो । कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर रु ३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरीद बिक्री भए ।
यस्तै मङ्गलबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भयो । नेप्से परिसूचक ३।३९ अङ्कले वृद्धि भएर एक हजार २५९/३७ मा पुग्यो । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो । कुल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर रु २९ करोड ४३ लाख पाँच हजार २३ मा खरीद बिक्री भए ।
बुधबार पनि नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । सो दिन ६/२० अङ्कले वृद्धि भई नेप्से एक हजार २६५/५७ मा पुग्यो । कूल १६९ कम्पनीका १२ लाख ६१ हजार कित्ता शेयर रु ३५ करोड ७८ लाख ३६ हजार १८५ मा खरीद बिक्री भए ।
बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लाग्यो । सो दिन परिसूचक १।७४ बिन्दुले घटेर एक हजार २६३।८४ बिन्दुमा झर्यो । कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मा खरीद बिक्री भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us