एजेन्सि —एक भारतीय चलचित्रले आफ्नो फोन नम्बर प्रचार गरिदिएपछि लगातार आएको फोनले आफू हैरान भएको र थाकेको एक भारतीय पुरुषले बताएका छन्।
अर्जुन पटियाला चलचित्रमा अभिनेत्री सन्नी लियोनीले आफूले अभिनय गरेको पात्रको फोन नम्बर भनी भनेको नम्बर २६ वर्षीय पुनीत अग्रवालको नम्बरसँग मिलेको छ।अग्रवालले बीबीसीसँग कुरा गर्दै चलचित्र प्रदर्शनमा आएको जुलाई २६ तारिखदेखि आफूलाई दैनिक एक सयभन्दा बढी फोन आउन थालेको बताएका छन्।म आजकाल सपना पनि देख्दिनँ, उनले भने। फोन बिहान चार बजेसम्म बज्छ।फोनकलले उनी यति हैरान भएका छन् कि चलचित्रबाट आफ्नो फोन नम्बर हटाउन उनले कानुनी कारबाही नै अगाडि बढाएका छन्।
बलिउडमा जमेकी अमेरिकी भूतपूर्व पोर्न अभिनेत्री लियोनीले वयस्क चलचित्रहरूमा अभिनय गर्ने कारण उनलाई भारतमा सेक्स सिम्बोलका रूपमा हेरिन्छ।त्यसैले भारत वा विदेशबाट पनि त्यो नम्बर साँच्चै नै लियोनीको हो भनी ठान्ने पुरुषहरूले अग्रवालको नम्बरमा फोन गर्नु अचम्मको कुरा नहुनसक्छ।
तर अग्रवाल भने वाक्क भइसकेका छन्। उनीहरूले चलचित्रका निर्माताहरूे एकपटक फोन गरेर जाँच त गर्नुपर्थ्यो।चलचित्रका निर्देशक रोहित जगराज चौहानले यस विषयमा बोल्न चाहेनन्।चलचित्र देखाउन थालिएको हप्तौँसम्म पनि अग्रवालले शान्तिसँग काम गर्न वा सुत्न वा खान नपाएको गुनासो गरेका छन्।तर त्यो नम्बर छोड्नुपनि व्यवहारिक नभएको उनको भनाइ छ।
यो मेरो व्यवसायसँग जोडिएको छ र धेरै पुराना साथीहरूसँग यही नम्बर छ।चलचित्र प्रदर्शन गरिएको पहिलो दिन नै उनलाई पहिलो कल आएको थियो। फोन गर्ने व्यक्तिले उनले गलत नम्बर भन्दा विश्वासै गरेनन् र उनले फोन काट्नु पर्यो।पहिलो दुई, तीन वा दश कलसम्म पनि मलाई लागेको थियो कि कसैले मलाई जिस्काइरहेको छ।तर कल आउने क्रम रोकिएन र सबैले एउटै कुरा सोधेस् के म सन्नी लियोनीसँग कुरा गर्न सक्छु ।
जब फोन गर्नेहरूले चलचित्रको कुरा गरे अनि उनले थाहा पाए। त्यसपछि मैले चलचित्र हेरेँ र त्यहाँ साँच्चै मेरो नम्बर थियो।
उनले प्रहरीलाई भने तर फोन गर्नु अपराध नभएकोले प्रहरीले सहयोग गर्न नसक्ने बतायो। प्रहरीले नै अदालत जान सुझाव दिए।अग्रवालले चलचित्रबाट आफ्नो नम्बर हटाउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन्।
धेरै जस्तो फोनकल चलचित्रका अभिनेता दिलजित दोसानजी लोकप्रीय रहेका पञ्जाब र हरियाणाबाट आउँछ तर उनले इटली, दुबई, पाकिस्तान, न्यूजील्याण्ड र अस्ट्रेलियाबाट समेत कल आउने बताए।कल गर्नेमध्ये दुई जना बाहेक सबै पुरुष छन्। दुई महिलाले भने चलचित्रका कुनै अभिनेतासँग कुरा गर्न खोजे।अग्रवालले यो घटनाका कारण आफूलाई साथीहरूले दिल्लीको सन्नी लियोनी भनेर जिस्काउन थालेको र उनलाई देख्दा लियोनीका चलचित्रका गीत गाउन थालेको बताए।