
काठमाण्डु, १५ साउन– पटकपटक चल्दै आएको मन्त्रिपरिषद पुनर्गठनको चर्चा हल्ला मात्र सावित भएको छ ।
प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नगर्ने निर्णय गरेका छन् । रिक्त भएको लामो समयसम्म पर्यटनमन्त्री नियुक्त नगरिनुलाई एकैपटक मन्त्रिमण्डल पुनर्गठन गर्न खोएिका रुपमा बुझिएको थियो ।
तर, पर्यटनमन्त्रीमा नेकपा नेता योगेश भट्टराई नियुक्त भएपछि उक्त हल्ला तत्कालका लागि असत्य सावित भएको छ । ‘अब मन्त्रिपरिषद पुनर्गठन नहुने निश्चित भएको छ’, नेकपाका एक नेताले भने, ‘सरकार असफल पार्न चलाइएका सबै हल्ला अब निस्तेज भएर जानेछन् । एउटा सरकारले नौ महिनाभन्दा लामो समय काम नगरेको विगत भोगेका कारण नेपाली जनमानसमा किन सरकार परिवर्तन नभएको होला भन्ने चासो बढेको टिप्पणी उनले गरे ।