शेयर बजारः नेप्से बढ्यो, कारोबार घट्यो

काठमाण्डु टुडे २०७६ साउन १४ गते १८:५६ मा प्रकाशित

 

काडमाण्डु,१४साउन–धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक वृद्धि भएको छ। स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ।
यस्तै, सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ। परिसूचक बढे पनि कारोबार रकम भने न्यून रह्यो । कूल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर २९ करोड ४३ लाख पाँच हजार २३ मा खरीद बिक्री भए।
कारोबार भएका कूल १२ मध्ये चार उपसमूहको शेयर घटेको भने आठ उपसमूहको शेयर वृद्धि भएको छ। व्यापार ३.२९, उत्पादन १.४, जीवन बीमा ७.२१ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ।
बैंकिङ २.८५, होटल ५.९९, विकास बैंक ७.३२, जलविद्युत् ३.१९, वित्त ०.६५, निर्जीवन बीमा २२.८२, अन्य १.२४ र लघुवित्त १४.७२ अङ्कले बढेको छ। कारोबार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक शेयर मंगलबार शीर्ष स्थानमा रह्यो। सो बैंकको तीन करोड १६ लाख ६२ हजार ८२० मा खरीद बिक्री भयो।
नेपाल बैंकको एक करोड ५६ लाख २३ हजार ६७९, प्रभु बैंकको एक कारोड ४२ लाख ६७ हजार ३२७, कृषि विकास बैंकको एक करोड ३६ लाख ३६ हजार ५० र नेपाल लाइफ इन्स्योरेन्सको एक करोड २४ लाख ८५ हजार ६५० मा कारोवार भई शीर्ष स्थानमा रहे।
युनाइटेड इन्स्योरेन्सका शेयरधानीले ९.९९ प्रतिशतका दरले कमाए। त्यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९३, स्पर्स लघुवित्त वित्तीय संस्था ९.८४ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.५५ प्रतिशतले कमाए।
यस्तै, युनियन हाइड्रोपावर लिमिटेड ६.४१, मल्टीप्रपोज फाइनान्स कम्पनी ६.४, सिद्धार्थ इन्स्योरेन्स ३.१९, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३.१० र सिन्धु विकास बैंकका शेयरधनीले २.८५ प्रतिशतले गुमाए।
स्टकमा मंगलबार मितेरी डेभलपमेन्ट बैंकको आठ लाख ५० हजार कित्ता र देवः विकास बैंकको १३ लाख ९३ हजार ५२४ कित्ता शेयर लाभांश सूचीकृत भएको छ। त्यसैगरी पूर्णिमा विकास बैंकको दुई लाख ६२ हजार ५१६ कित्ता शेयर लाभांशसमेत स्टकमा सूचीकृत भएको छ। रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us