गभर्नर भन्छन्– अब सीईओ नियुक्त गर्नुपूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ

काठमाण्डु टुडे २०७६ साउन १४ गते १७:३२ मा प्रकाशित

काठमाण्डुु१४साउन—नेपाल राष्ट्र बैंकका गभर्नर डा— चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुले सीइर्ओ छनोट गर्नुपूर्व राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था मौद्रिक नीतिमा ल्याइएको बताएका छन्।
मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाको स्वच्छताका लागि सीईओ छनोटमा यस्तो नीति लिइएको बताएका हुन् । गभर्नर नेपालले राष्ट्र बैंकबाट नाम स्वीकृत भएन भने अर्को नाम सिफारिस गर्नुपर्ने बताएका छन् ।

छलफलमा सांसदहरुले बैंकिङ कसुरमा दोषी ठहर भएका व्यक्ति सीईओ बन्दा पनि नियमक निकाय मुकदर्शक रहेको भन्दै आलोचना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us