
काठमाण्डु, १३ साउन — साताको दोस्रो दिन सुनको मुल्य बढेको छ ।
आइतबार प्रतितोला ६५ हजार रुपैंयाँमा कारोवार भएको छापावाल सुन आज तोलामा २ सय बढेर प्रतितोला ६५ हजार २ सय रुपैंयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै चाँदीको मुल्य भने स्थिर रहेर प्रतितोेला ७ सय ७५ रुपैंयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी माहसघंले बताएको छ ।
आज सोमबार प्रति ग्राम छापावाल सुनको मुल्य ५५ हजार ९ रुपैंयाँ तोकेको छ भने प्रति ग्राम चाँदीको मुल्य ६ सय ६४ रुपैंया कायम भएको छ ।