ह्याक भयो ऊर्जा र सहरी विकास मन्त्रालयका वेबसाइट

काठमाण्डु टुडे २०७६ साउन १२ गते १६:०३ मा प्रकाशित

काठमाण्डु, १२ साउन( ऊर्जा मन्त्रालय र सहरी विकास मन्त्रालयको वेबसाइट ह्याक भएको छ।
मन्त्रालयका वेबसाइट खोल्दा फेमिली एट्याक साइवर नामबाट ह्याक भएको उल्लेख छ।
मन्त्रालय मात्र होइन राष्ट्रिय दलित आयोग, विद्युत नियमन आयोग, सप्तकोशी बाँध परियोजनालगायतका वेबसाइट पनि ह्याक भएको छ।
आइतबार दिउँसो यी वेबसाइटहरू ह्याक भएका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us