मकवानपुर,१०साउन-पहाडको आलु तराईमा मात्र नभई रक्सौलमा पनि लोकप्रिय हुँदै गएको छ।
प्रदेश नम्बर २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा मकवानपुरको पालुङ क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली आलु आउने गरेको छ।
पहाडको भन्दा भारतीय आलु प्रतिकिलो आठदेखि १० रुपैयाँसम्म सस्तो हुने भए पनि पालुङको नयाँ आलु खानमा स्वादिलो तथा मीठो हुने भएकाले वीरगञ्जमा यसको माग बढ्दै गएको मीनाबजारका आलुको थोक व्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताए।