मौद्रिक नीति अपडेट : अब बैंकमा सुन राखेर ब्याज पाइने

काठमाण्डु टुडे २०७६ साउन ८ गते १८:२५ मा प्रकाशित

काठमाण्डु,८साउन – सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लगिने भएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा ल्याएको सो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७६र०७७ को बजेटमा व्यवस्था गरी बमोजिम सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा आउने भएको हो । गभर्नर डा.चिरञ्जिबी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेका हुन् ।
अर्थमन्त्री युबराज खतिवडाले सुनचाँदी बैंकमा जम्मा गरेर ब्याज आर्जन गर्न सकिने ब्यवस्थालाई बजेट मार्फत समेटेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us