एभेन्जर्स: इन्डगेम सर्वाधिक कमाउने चलचित्र अवतारलाई उछिन्ने

काठमाण्डु टुडे २०७६ साउन ६ गते १२:५२ मा प्रकाशित

एजेन्सी, सन् २००९ को अमेरिकी चलचित्र अवतारलाई पछि पार्दै यो हप्ता एभेन्जर्सस् इन्डगेम सर्वाधिक कमाइ गर्ने चलचित्र बन्दैछ। यो मार्बलको सुपर हिरो अर्थात् जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने काल्पनिक पात्रमा आधारित २२औँ चलचित्र हो भने बहुचर्चित एभेन्जर्स चलचित्र शृङ्खलाको चौथो चलचित्र हो।

यो सप्ताहको अन्त्यमा डिज्नी र मार्बल स्टुडियोले निर्माण गरेको यो चलचित्रले २.७८ अर्ब अमेरिकी डलर कारोबार गर्दै अवतारलाई उछिन्ने बताएको छ।मार्बलका प्रमुखले शनिवार उक्त उपलब्धिको चर्चा गरेका थिए। तर त्यतिबेलासम्म एभेन्जर्सस् इन्डगेमको कमाइ अवतारको भन्दा पाँच लाख डलरले कम थियो।डिज्नीका एलान हर्नले चलचित्रका प्रशंसकहरूले एभेन्जर्सस् इन्डगेमलाई उक्त स्थानमा पुर्या्एको बताएका छन्।

व्यावसायिक रूपमा सफल हुनुका साथै उक्त चलचित्रले समीक्षकहरूको समेत तारिफ बटुल्न सफल भएको छ।तर अवतार र एभेन्जर्सस् इन्डगेमको कमाइ सम्बन्धी तथ्याङ्क मुद्रास्फीति दरसँग समायोजन भने गरिएको छैन। समायोजन गरिएमा अवतार अझै पनि अगाडि रहने बताइएको छ।चलचित्र विज्ञहरूका अनुसार प्रशंसकहरूले एभेन्जर्सका पात्रहरूलाई रुचाएकाले विश्वव्यापी माहौल सृजना गर्न सहयोग पुगेको हो।

अवतार निर्माण गरेको कम्पनी खरिद गरे सँगै उक्त चलचित्र समेत डिज्नीकै हुन पुगेको छ।निर्माण हुने क्रममा रहेको अवतारको दोस्रो चलचित्र सन् २०२१ को डिसेम्बरमा प्रदर्शनमा ल्याइने बताएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us