शिल्पा र छबि बिरुद्ध बहुबिवाहको उजुरी

काठमाण्डु टुडे २०७६ साउन ५ गते १८:५० मा प्रकाशित

काठमाण्डु, ५ साउन- अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझा बिरुद्ध बहुबिवाहको उजुरी परेको छ ।

निर्माता छबि राज ओझकी जेठी श्रीमती हेमा ओझाले दुबैलाई बिपक्षी बनाएर बहुबिवाहको जाहेरी हालेकी हुन् । उनले महानगरिय प्रहरी वृत्त गौशालामा जाहेरी बुझाएकी छन् ।
जाहेरीमा भनिएको छ शिल्पा पोखरेलसँग सम्बन्धको बिषयमा पटक पटक हल्ला चल्दा छबिले दिलाएको बिश्वासको बिश्वासमा थिए । तर अहिले २०७५ साल पौष ११ मा बिवाह दर्ता भएको प्रमाणपत्र फेला परेकोले छबिको बहुबिवाह भएको प्रमाणीत भएका र निजको सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुबिबाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us