नागरिक लगानी कोषको बाह्य कारोबार बन्द :सर्भरमा समस्या आएपछि

काठमाण्डु टुडे २०७६ साउन ३ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, ३ साउन – नागरिक लगानी कोषले सर्भरमा सुधार गर्नु छ भन्दै आगामी ८गते सम्म का लागी बाह्य कारोबार बन्द गरेको छ ।
शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोषले निजामती, नेपाली सेना, शिक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरुका लागि सञ्चालित बीमा कार्यक्रममा केही सुधार गर्नुपर्ने भएकाले बन्द गर्नु परेको बताएको छ । बीमाबाहेकका अन्य काम भने निरन्तर हुने कोषले जनाएको छ । ९ गतेपछि भने सर्भर परिवर्तन भई नियमित काम हुने कोषले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us