कालिमाटीमा तरकारी परीक्षण: सबै तरकारी खान योग्य

काठमाण्डु टुडे २०७६ साउन २ गते १६:२४ मा प्रकाशित

काठमाण्डु,२ साउन -कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको निर्देशनपछि कालिमाटीमा गरिएको परिक्षणमा कुनै पनि तरकारीमा विषादी नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बताएको छ ।

कृषि मन्त्री खनालले कालिमाटीमा भित्रिएका तरकारीको नमूना संकलन गरी विषादी परिक्षणको प्रतिवेदन बुझाउन निर्देशन दिए अनुसारविभागले ९वटा उत्पादनमा ३० प्रकारका विषादीको परिक्षण गर्दा खान नमिल्ने खालको विषादी नभेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।

। सबै उत्पादनमा सरकारले तोकेको मापदण्ड भित्रैको विषादी प्रयोग भएको पाइएको प्रवक्ता महर्जनले जानकारी दिए । उहाँका अनुसार सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडी तथा भारत कानपुरको आलु र लौकामा एकै प्रकारको क्लोरोपाइडापस नामक विषादी प्रयोग भएको छ ।

९ वटा उत्पादनमा ३० वटा विषादीको चेक गर्दा सबैमा निलो अर्थात सरकारले तोकेको मापदण्ड भित्रै विषादी प्रयोग भएको देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us