आज बैंक काउन्टर रातीसम्म खुल्ने

काठमाण्डु टुडे २०७६ असार ३१ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, ३१ असार -चालु आर्थिक वर्ष २०५७| ७६ को आज अधिक मात्रामा राजस्व संकलन हुने र सरकारले भुक्तानी गर्ने अन्तिम दिन भएकाले नेपाल सरकारले नेपाल राष्ट्र बैंकलाई राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर पुरै समय खूल्ला गर्न निर्देशन दिएको  छ ।
आज रातको १२ बजेसम्म पनि भुक्तानी र राजस्व संकलन जारी रहने महालेखा नियन्त्रण कार्यालयले उल्लेख गरेको छ । राजस्व बुझ्ने सबै बैंकको शाखा र काउन्टर पुरै समय खुला गरि नियमित राजस्व बुझ्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिइएको छ ।
खर्चको चेक पनि यसै दिन साट्ने व्यवस्था मिलाउन सबै चेक क्लियरिङ हुने शाखा र काउन्टर रातीसम्म कारोबारको व्यवस्था मिलाउन अर्थ मन्त्रालयले राष्ट्र बैंकमार्फत बैंकहरुलाई निर्देशन दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us