संसद बैठक स्थगित भएकोमा देउवाको आपत्ति

काठमाण्डु टुडे २०७६ असार ३० गते १६:१५ मा प्रकाशित


काठमाण्डु, ३० असार- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद् एकढिक्का छ भन्ने सन्देश दिनुपर्नेमा सूचना टाँसेर बैठक एकाएक स्थगन भएको सुन्दा अचम्म लागेको बताए ।
सभापति देउवाले भने, बाढी, पहिरो र डुबानबाट धेरै जनाको मृत्यु भएको भन्ने खबर आएको छ, यस्तो बेलामा सम्पूर्ण संसद् एक भएर छलफल गरी सहयोगका लागि एक ठाउँमा छौँ भन्ने सन्देश दिनुपर्छ, सदनमा छलफल गरौँ, सहयोगका लागि जुटौँ भनेर हामीले प्रस्ताव राख्दा किन अचानक बैठक स्थगन गरियो, यत्रो गम्भीर र मानवीय कुरामा छलफल गर्न नदिने भन्ने कुरा अच्चम छ ।’मुलुकमा यो बीचमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएकाले यो विषयमा राष्ट्रिय जनता पार्टी राजपा लगायतका दलले पनि सदनमा छलफल गरौँ, मिलेर प्रभावित क्षेत्रमा राहत र सहयोग गरौँ भन्दा सरकारले बेवास्ता गरेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us