
काठमाण्डु, २६ असार– चलचित्र निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच प्रहरीको रोहबरमा सहमति भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डु टेकुको रोहबरमा उनीहरुबीच बिहीबार मिलेर बस्ने सहमति भएको हो । शिल्पा र छविबीच अब मिलेर बस्ने सहमति भएको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । शिल्पाले गत सोमबार छविबाट असुरक्षित भएको भन्दै सुरक्षा माग गरेर परिसरमा निवेदन दिएकी थिइन् ।
छवि र शिल्पाबीच गत वर्ष विवाह भएको थियो । नायिका रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि छवि र शिल्पा सम्बन्धमा थिए । छविले नै शिल्पालाई चलचित्र क्षेत्रमा स्थापित गराएका थिए ।