
काठमाण्डु, २६ असार-गायक प्रकाश सपूतडिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत २ बर्षदेखि बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो ।
एक बर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताए । मेरो लागी डिएनएसँगै जोडिनु ठूलो सफलता हो ।’ प्रकाशले कार्यक्रममा भने, म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नु भन्ने हो ।’
डिएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गरे । केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताए । प्रकाश पछिल्लो समय ँगलबन्दी’ बोलको लोक गीतबाट चर्चित छन् ।