
काठमाण्डु, २५ असार – निर्माता छबी ओझा बिरुद्ध सुटुक्क विवाह गरेकी नायिका शिल्पा पोखरेलले घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । नायिका रेखा थापासंग सम्बन्ध बिच्छेद गरेका छबीलाई शिल्पाले तीन वर्ष अगाडी साथ दिएकी थिइन् ।
विवाह अगाडी शिल्पाले छबीसंग प्रेम भएको बताउदै आएपनि विवाह भने सुटुक्क गरेकी थिइन् । शिल्पासंग छबिको तेस्रो विहे थियो ।
त्यसो त शिल्पाले छबिकै फिल्म ँलज्जा’वाट डेब्यु गरेकी थिइन् । त्यसपछि छबी ओझाकै हवल्दार सुन्तली र मंगलममा शिल्पाले मुख्य भुमिका निर्वाह गरेकी थिइन् ।