
काठमाण्डु, २४ असार-हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाइ लक्षित गर्दै गायिका कोमल वलीले एक नयाँ तीज बजारमा ल्याएकी छिन् ।
राजनीतिमा समेत हातहाल्दै आएकी सांसद बलीलाई गीत गाउनमा उनकी बहिनी प्रज्ञा शरदले साथ दिएकी छिन्।
छड्के तिलहरी’ बोलको गीतको भिडियोमा दुबै दिदी बहिनी फिचर्ड छन् । भिडियोमा दुबै दिदी बहिनी बीच हुने गहिरो प्रेम प्रस्तुत गरिएको छ ।
एकनारायण भण्डारीको गीतमा शब्द संगीत रहेको यस गीतको भिडियो पवित्रा आचार्यले निर्देशन गरेकी हुन्। भिडियोमा रामेश्वर कार्कीको छायाकंन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।