
काठमाण्डु, १८ असार- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको दाबीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । आयोगले घुससहित पक्राउ परेका अन्य छ जनामाथि विशेष अदालत, काठमाडाँमा आरोपपत्र दायर गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीसँग कमिसनबापतको रुपियाँ बुझिरहँदा तीनैजनालाई नियन्त्रणमा लिइएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर वासी अख्तर मोहम्मदले खानेपानी आयोजनाको भुक्तानी दिन सेवाग्राहीबाट चार लाख रुपियाँ घुस लिँदा पक्राउ पर्नुभएको हो । यसैगरी शिक्षा समन्वय इकाई काभ्रेका सबइन्जिनियर धनवीर भगत र शिक्षा समन्वय इकाई भोजपुरका सबइन्जिनियर निरजकुमार चौधरीले महाभारत, काभ्रेको विद्यालय भवन निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन घुस लिँदा पक्राउ पर्नुभएको आयोगले जनाएको छ । सबइन्जिनियर चौधरी र भगतले सेवाग्राहीबाट घुसबापतको रुपियाँ राष्ट्रिय वाणिज्य बैङ्कमा जम्मा गराई भौचर लिन लाग्दा पक्राउ परेका हुन् ।
आयोगले उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत नायब सुब्बा कृष्णकुमार पाठक र कार्यालय सहयोगी गयादिन गडरियामाथि कैद सजाय र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । आयोगले उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत नायब सुब्बा कृष्णकुमार पाठक र कार्यालय सहयोगी गयादिन गडरियामाथि कैद सजाय र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता कोइरालाले तत्कालीन प्रधानाध्यापक झामाथि दुई लाख ५९ हजार, अध्यक्ष डगौरामाथि दुई लाख १० हजार र पूर्व प्रअ महतोमाथि ६३ हजार २३० रुपियाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको बताउनुभएको छ ।