सैनिक मुख्यालयमा युवतीकाे खान्छु भन्दै मात्तिने महिला पक्राउ

काठमाण्डु टुडे २०७६ असार १३ गते १०:२२ मा प्रकाशित

काठमाण्डु, १३ असार– आफूलाई धर्ती माता दाबी गर्दै युवतीहरुलाई यातना दिने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवल स्थायी ठेगाना भएकी कथित धर्ती माता विष्णु कुँवरलाई महानगरीय प्रहरी परिस टेकुको टोलीले बिहीबार बिहान बालाजुबाट पक्राउ गरेको हो । भिडियोमा कुँवरले युवतीमाथि निर्दयतापूर्वक कुटपिट गरेकी छन् । ‘तँ को होस्, छिटो निस्की’ भन्दै कुटेको भिडियो सार्वजनिक भएको थियो । यस्तै कुँवरले युवतीको मासु खाने बताएकी छन् । उनीविरुद्ध पीडित पक्षबाट भने अझैसम्म उजुरी
नआएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । मुुलुकी अपराध संहिताको व्यवस्थाअनुसार सार्वजनिक स्थानमा कसैमाथि अपमानजनक व्यवहार गर्नेमाथि ५ वर्षसम्म कैद, ५० हजार रुपैयाँ जरिवाना र पीडितलाई क्षतिपूर्तिको व्यवस्था हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us