विप्लवकाे नाम लिएर झोक्किए सरकारका प्रवक्ता

काठमाण्डु टुडे २०७६ असार १३ गते १०:०० मा प्रकाशित

काठमाण्डु, १३ असार– सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह मानवताविरोधि गतिविधिमा संलग्न भएको बताएका छन् ।

विप्लव समूहको गतिविधि समाजवादी र राजनीतिक चरित्रको नभएर फासिवादी अपराधिक भएकाले मानवताविरोधि भएको बतएका हुन् ।  मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । ‘मानिसको बाँच्न पाउने अधिकार शान्तिपूर्वक हिडडुल गर्न पाउने अधिकार स्वतन्त्रता पूर्वक आफ्ना व्यवशायहरु सञ्चालन गर्न पाउने अधिकारप्रति सो समूहले धावा बोलेका कारण प्रहरीले आफ्ना कारबाही अघि बढाएको हुनसक्छ, उनीहरू प्रतिक्रान्तिकारी उद्देश्य राखेर अघि बढेको र हिंसा र आतंकको सहारामा कसको सेवा गर्न खोज्दैछन्,’ बाँस्कोटाले भने ।
सोही पत्रकार सम्मेलनमा क्लिन फिड लागु भएरै छाड्ने बताए । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us