नेकपामा उकुसमुकुस, राम्रो छैन संकेत

काठमाण्डु टुडे २०७६ असार १२ गते ९:४३ मा प्रकाशित

kp oli-prachandaकाठमाण्डु, १२ असार- सत्तारुढ नेकपामा शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्– विवाद चरम बन्दै गएको छ ।

एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली खेमाको एकपक्षीय कदमले नेकपाभित्रको अन्तरकलह यसरी चुलिएको छ कि सरकार र पार्टी दुवैतर्फ नेताहरु उकुसमुकुस छन् । संसदभित्रै एक पार्टीको दुई धार देखिएको छ । आन्तरिक बैठकमा शीर्ष नेताहरुबाटै चर्को असन्तुष्टि व्यक्त भएका छन् । कार्यविभाजनमा गुटको रस्साकसी सतहमै आएको छ ।
पार्टी, संसदीय दल र सरकारबीच संवादहीनताको स्थिति छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँगको पछिल्ला छलफल अपेक्षित नभएपछि अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर चेतावनी शैलीमा भने, समझदारीबाट केही तलमाथि गरे दुर्भाग्य हुन्छ ।’ कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us