कुरा बढी काम कम गर्ने ओली शैलीबाट चीनसमेत दिक्क !

काठमाण्डु टुडे २०७६ असार १२ गते ९:२९ मा प्रकाशित

काठमाण्डु, १२ असार- तिब्बतबाट काठमाण्डुसम्म रेलमार्ग बनाउने प्रतिबद्धता चीनले पटकपटक व्यक्त गरेको छ । तर, यसमा हतार नगर्न र प्रचारमा भन्दा काममा विश्वास गर्न नेपाललासतर्क गराएको छ । रेलको विषयमा थोरै काम र धेरै प्रचार भएकोमा चीनको गुनासो छ ।


५ असारमा बेइजिङमा भएको नेपाल–चीन रेल्वे वार्तामा चीनले नेपाली पक्षलाई स्पष्ट पारेको छ – ‘रेल सम्भव छ तर हतार नगरौँ ।’ नेपालको पक्षबाट भोतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र चीनबाट त्यहाँको राष्ट्रिय रेल प्रशासनका उपप्रशासक आन लुसङले वार्ताको नेतृत्व गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको चीनको राजकीय भ्रमणमा राष्ट्रपति सी जिनपिङले राजनीतिक प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । तर, प्राविधिक रुपमा रेलमार्ग निर्माण सहज नभएको भन्दै चिनियाँ पक्षले संयमित भएर काममा ध्यान दिन सुझाव दिएको छ । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us