मन्त्रिमण्डल पुनर्गठन हल्लामात्रै !

काठमाण्डु टुडे २०७६ असार ११ गते १६:३५ मा प्रकाशित

काठमाण्डु, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै उनले मन्त्रिमण्डल पूनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए । उनले भने,‘मन्त्रिमण्डल पूनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखि नै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाइएको अफवाह हो ।’

उनले तत्काल मन्त्रिमण्डल पूनर्गठन हुने सम्भावना नरहेको स्पष्ट पारे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उनको दाबी छ ।  उनले भने,‘मन्त्रिमण्डल पुनर्गठन भएपनि अध्यक्षद्वयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैले यो सम्भावना देखेको छैन । मन्त्रिमण्डल पूनगर्ठनबारे दिनहुँ नयाँ समाचार आइरहेका छन् । यसबारेको बजारिया हल्ला र प्रचण्डको कुरा एउटै छैन । अध्यक्ष प्रचण्डले बजारको हल्लाजसरी बोल्नुभएको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us