रुपन्देहीमा अनौठो घटनाः आमाले बिहे गर्न नमानेपछि छोरीको अपहरण

काठमाण्डु टुडे २०७६ असार ११ गते १५:५४ मा प्रकाशित

रुपन्देही, ११ असार– पछिल्लो समय समाजमा सुन्दा अनौठा लाग्ने अपराधका घटना हुन थालेका छन् ।

त्यस्तै उउटा घटना भएको छ, रुपन्देहीमा । आमाले बिहे गर्न नमान्दा नाबालिका छोरीको अपहरण । अपहरणकारी हुन् वीरगञ्ज महानगरपालिका–२७ का जयराम दास । घटना गत ९ असारको हो । आमाले विवाह प्रस्ताव अस्वीकार गरेको झोकमा दासले तिलोत्तमा नगरपालिका– १२ की एक ६ वर्षीया बालिकाको अपहरण गरेका हुनु । अपहृत बालिकाको प्रहरीले बुटवलको एक होटलबाट सकुशल उद्धार गरेको छ ।

रुपन्देही प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले आमाले बिहे प्रस्ताव अस्वीकार गरेका कारण छोरीको अपहरण भएको अनुसन्धानबाट खुल्न आएको बताए । निर्माण व्यवसायी दास विगत १० महिनादेखि अपहरित बालिकाको घर नजिकै पुल निर्माणको काम गर्दै आएका थिए । ‘मलाई असाध्यै मन परेर विवाह प्रस्ताव गर्दा मानिनन्, त्यसैले छोरीको अपहरण गरें’, दासले प्रहरीसँगको बयानमा भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us