वीरगञ्जका मेयरको मुखमा मुक्का प्रहारको प्रयास

काठमाण्डु टुडे २०७६ असार ११ गते १५:४३ मा प्रकाशित

पर्सा, ११ असार– वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमाथि भौतिक आक्रमणको प्रयास भएको छ ।

सरावगी उपेन्द्र यादव/बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीबाट मेयर निर्वाचित भएका हुन् । उनलाई आफ्नै दलका कार्यकर्ता अजय चौरसियाले आक्रमण प्रयास गरेका हुन् । प्रहरीले चौरसियालाई पक्राउ गरेको छ । वीरगञ्ज–११ श्रीपुरस्थित श्रीपुर विद्यापीठ माविको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बुधबार मेयरमाथि हातपात प्रयास भएको हो । मेयर सरावगीले आफ्ना अंगरक्षकले छेकेका कारण चोट लाग्नबाट जोगिएको बताए ।

उनले आफ्नो मुखमै चोट लाग्ने गरी मुक्का प्रहार गरेको बताए । पर्सा प्रवक्ता डिएसपी अनन्तराम शर्माले चौरसियामाथि सार्वजनिक मुद्धाको तयारी भएको जानकारी दिए । मेयर सराबगीले भने पार्टीभित्रकै एक समूहले आफूमाथि आक्रमण गर्न चौरसियालाई उक्साएको आरोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us