सिंहदरबार पूर्वी गेटमा जे देखियो…

काठमाण्डु टुडे २०७६ असार ११ गते १४:५७ मा प्रकाशित

काठमाण्डु, ११ असार– अनधिकृत रुपमा सरकारी गाडी पुटपाथमा पार्किङ गरेका गृह मन्त्रालयका सह–सचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीमाथि ट्राफिक प्रहरीले एक्सन लिएको छ ।

महानगरीय ट्रापिक प्रहरी महाशाखाबाट खटिएका ट्राफिक जवानले सुवेदीले सिंहदरबार पूर्वी गेटको ‘नो पार्किङ’ क्षेत्रमा गाडी रोकेका थिए । ट्राफिकले अनधिकृत पार्किङमा रहेको उनको बा२झ ४३८८ नम्बरको स्कोर्पियो गाडीमा लक लगाइदियो । गाडी राखेर खाना खान रेष्टुरेण्टमा गएका सुवेदी फर्केर आउँदा गाडीमा लक लगाइएको देखेपछि आक्रोशित भए । उनले ट्राफिक प्रहरीलाई बोलाएर सबैले देख्ने गरी हप्काएका थिए । तर, जवानले उनको दबाब स्वीकार नगरेपछि माथिबाट उच्च प्रहरी अधिकृतलाई फोन गराएर गाडी छुटाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us