श्रीमानको साथ छाडेर भागेकी युवती केटी साथीसँग मस्ती गरिरहेका बेला पक्राउ !

काठमाण्डु टुडे २०७६ असार ११ गते १३:१४ मा प्रकाशित

एजेन्सी– एक युवती श्रीमानको साथ छाडेर आफ्नी केटी साथीसँग रमाइरहेको प्रसंगले अहिले भारतभर हंगामा मच्चाइरहेको छ ।
राजस्थान अलवर जिल्लाकी ज्योति नाम गरेकी युवती केही महिनाअघि एकाएक गायब भइन् । उनका श्रीमान गोपालले स्थानीय प्रहरीमा श्रीमती हराएको उजुरी दिए । प्रहरीले धेरै मिहेनत गरेर उनलाई भेट्यो । तर, उनी आफ्नी केटी पार्टनर गुञ्जन बाइसँग रमाइरहेकी थिइन् । उनीहरु समलिंगी भएको खुलेको छ । दुईबीच ज्योतिको गोपालसँग विवाहअघि नै सम्बन्ध थियो । ती दुवै महिलाले अदालतमा आफूहरु सम्बन्धमा रहेको र छुट्टिएर बाँच्न नसक्ने बयान अदालतमा दिएका छन् । गुञ्जन राष्ट्रिय खेलाडी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us