अछाममा ट्याक्टर दुर्घटना, तीन विद्यार्थीको मृत्यु

काठमाण्डु टुडे २०७६ असार ११ गते १०:३३ मा प्रकाशित

अछाम, ११ असार– अछाममा बुधबार भएको ट्याक्टर दुर्घटनामा तीन विद्यार्थीको मृत्यु भएको छ ।

जिल्लाको चौरपाटी गाउँपालिका–३ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा अरु चार विद्यार्थी घाइते भएका छन् । से१त ७८३९ नम्बरको ट्याक्टर बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय दशपल्ले माविका विद्यार्थी रमेश साउद, लक्ष्मी साउद र काली साउद छन् । रमेश परीक्षाफलको प्रतीक्षामा थिए भने लक्ष्मी कक्षा ९ र काली कक्षा ८ मा अध्ययनरत थिए । लक्ष्मी कक्षा ९ र काली कक्षा ८ का छात्रा हुन् । रमेश भने यसै वर्ष एसइई परीक्षा दिएर बसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us