सरकार छतबाट गोली हान्ला खबरदार !

काठमाण्डु टुडे २०७६ असार ११ गते ७:३४ मा प्रकाशित

काठमाण्डु, ११ असार– कम्तिमा पञ्चायतकालमा केही सिस्टम थियो, यद्यपि त्यो एकद्वारको थियो र मुठ्ठीभरका मान्छेमात्र हरेक कुरामा हावी हुन्थे ।

अहिले बहुकेन्द्रको स्थितिले कुन कुनाबाट, कसलाई खुसी पारेर काम लिन्छन्, अह्राउँछन् पत्तो नहुने । यस्तो हुँदा सुरक्षाका दृष्टिले देशको राजधानी काठमाण्डु झनझन् जटिलतामा फस्दैछ । केन्द्रीय सचिवालय सिंहदरबार, मुखैअगाडि गुप्तचरी मुख्यालय, सँगै जिल्ला प्रशासन कार्यालय, अलिक पर सर्वोच्च र जिल्ला अदालतसहितका अत्यन्तै संवेदनशील निकायहरु । यसै पनि केन्द्रीय कारागारको मुलगेटमा पुगेर युनुस अन्सारीलाई पेस्तोला ताकिएको देश । त्यसमाथि सिंहदरबारका संवेदनशील निकायकै बीचमा ढलेको धराहराजत्रै (९ तले) होटल बन्छ । अपराधीले आफ्नै साथीलाई बाँकी राख्दैनन् भने झैं अदालत वा प्रशासनमा बन्दीको मयाद थप्न, बयान गराउन ल्याउँदा माथिबाट सार्पसुटरले निशाना लगायो भने के हुन्छ ? लिफ्ट, नियमित सिंढी र आपतकालीन भ¥याङ गरेर तीन प्रकारका एक्जिट वे भएको होटलमा अपराधीले कसुर गरेपछि कुन बाटो प्रयोग गर्छ ? होटलमा बस्न आउनेको निधार हेरेर नियतिको पहिचान हुँदैन । एक मिनेटमा काम सकेर कसुरदार टाप कस्छ । केन्द्रीय सचिवालय भएको ठाउँ, जहाँ देशका कार्यकारी प्रमुख (प्रधानमन्त्री), मन्त्री, मुख्यसचिव, प्रधानन्यायाधीश, न्यायाधीशहरु, सिडिओ रहन्छन् ।

ड्रोन वा आत्मघाती हमलाको साहरा लिनै पर्दैन । ती ठाउँ वा व्यक्तिमाथिको निशानाका लागि त्यही ढ गते होटल काफी छ । संसारभर कू हुँदा पहिलो निशानामा पर्ने टिभी, रेडियो नजिकै छन् । यसै पनि हाम्रो सुरक्षा संयन्त्रको घटना भएपछि मात्र सतर्क हुने बानी छ । यो स्थितिमा जिल्ला प्रशासन कार्यालय, बबरमहलसँगै गुप्तरी मुख्यालय राअविको मुखैअगाडि मेडिसिन माफिया विशाल पण्डितले होटल बनाएका छन् । ‘ओपनिङ सुन’ लेखेर मुन्तिर ‘बेसक्याम्प क्याफे’ चलेको छ । झट्ट हेर्ला जमिनको क्षेत्रफल र भवन निर्माणको प्रचलित मापदण्ड अनुसार पाइन्न । नक्सा पास गर्नुपर्ने र निर्माण सम्पन्नताको प्रमाणपत्र दिनुपर्ने महानगरपालिकाबाट ती सबै प्रक्रिया पूरा भएका छन् । तर, नियम–कानुन पालना गरिएकै भए पनि सुरक्षा संवेदनशीलतासँग जोडिएका विषयलाई राज्यले निषेध गर्न पाउँछ , सक्छ । तर, मालिकहरुको ‘पहुँच’ का कारण होला, त्यस्तो भएको छैन । त्यो पहुँचले भोलि कसकसलाई खान्छ हेर्न बाँकी छ । किनकी भवितव्य नभई नेपालीले चेत्दैनन् । जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us