एसईई परीक्षाफल बिहीबारसम्ममा

काठमाण्डु टुडे २०७६ असार १० गते २२:२५ मा प्रकाशित

भक्तपुर, १० असार– यस वर्षको एसईई परीक्षाफल बुधबार वा बिहीबारसम्ममा प्रकाशित हुने भएको छ ।
परीक्षा नियन्त्रक विष्णु अधिकारीले राष्ट्रिय परीक्षा बोर्डले भ्याए बिहीबार र नभ्याए बिहीबारसम्ममा परीक्षाफल प्रकाशित गर्ने गरी तयारी गरेको जानकारी दिए ।
बोर्ड बैठक बुधबार अपराह्न १ बजेका लागि बोलाइएको छ । ‘कुनै काबुबाहिरको परिस्थिति नआएमा भ्याए बुधबार र नभ्याए बिहीबारसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी छ’, अधिकारीले भने । यो वर्षको एसईईमा ४ लाख ७४ हजार ३ परीक्षार्थी सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us