काठमाण्डु महानगरले ल्यायो साढे १५ अर्बको बजेट

काठमाण्डु टुडे २०७६ असार १० गते १७:४१ मा प्रकाशित

काठमाण्डु, ११ असार– काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
मंगलबार नगरसभामा मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षको विनियोजन प्रस्तुत गरे । महानगरले सबैभन्दा बढी भौतिक पूर्वाधारमा ४ अर्ब ३१ करोड, समाजिक विकास कार्याक्रममा १ अर्ब ५२ करोड, शिक्षामा एक अर्ब ३५, पर्यटन तथा सम्पदा संरक्षणका लागि ६७ करोड, हनुमान ढोका संरक्षणमा ५५ करोड, वातावरण तथा उद्यान व्यवस्था कार्यक्रमका लागि ३१ करोड ८५ लाख, शहरी योजना सम्बन्धी कार्यक्रमका लागि २९ करोड र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख रुपैयाँ बजेट छ्ट्याएको छ ।
यसै गरी मेयर शाक्यले सूचना तथा सञ्चारका लागि १६ करोड, जनस्वास्थ्य सेवा कार्यक्रमका लागि १२ करोड, विपद व्यवस्थापनका लागि ७ करोड, अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनका लागि ६ करोड ५९ लाख, कृषि तथा पुशसेवाका लागि ६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ करोड रुपैयाँ बिनियोजन गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us