
काठमाण्डु, ११ असार–सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव मुलधारको राजनीतिमा आउने दाबी गरेका छन् ।
भरतपुर महानगरपालिकाको नगरसभालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले ढिलोचाँडो विप्ल मुलधारको राजनीतिमा आउने बताए । एउटै पार्टीमा हुँदा विप्लवले आफ्नो दिमाग खल्बल्याउने कुरा गर्ने गरेको उनले स्मरण गरे । आफूहरु शान्ति प्रक्रियामा आएलगत्तै भएको पहिलो संविधानसभा निर्वाचनपछि विप्लवले एउटा बैठकमा गरेको कुरा प्रचण्डले सुनाए । उनका अनुसार विप्लवले केटी बेच्ने दलालले बिहे गर्छु भनेर बम्बई लगेर बेचेजस्तै आफूहरुलाई प्रचण्डले काठमाण्डु ल्याएर त्यस्तै गरेको बताएका थिए ।
तर, आफूले बम्बई नभई काठमाण्डु ल्याएको कुरा विप्लवले एक दिन बुझ्ने उनको भनाइ थियो । ‘जुन दिन विप्लवले प्रचण्डले बम्बई नभई काठमाण्डु नै लगेको रहेछ भन्ने बुझ्नेछन्’, प्रचण्डले भने, त्यो दिन उनी मुलधारको राजनीतिमा आउनेछन् ।’ प्रचण्डले पछिल्लो समय विप्लवले आफूहरुलाई काठमाण्डु नै ल्याएको महसुस गर्न थालेको सूचना पाएको पनि उल्लेख गरे ।