केही दिनमै सरकार पुनर्गठन हुने खुसाला

काठमाण्डु टुडे २०७६ असार १० गते १६:५५ मा प्रकाशित

काठमाण्डु, १० असार– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संसदबाट पारित भएलगत्तै मन्त्रिमण्डल पुनर्गठन हुने खुलासा गरेका छन् ।

नेतृत्व तहमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेको र बजेट पारित भएसँगै पुनर्गठन हुने जानकारी पौडेलले दिए । ‘सरकारको कामलाई प्रभावकारिता बनाउनको लागि पनि मन्त्रिमण्डल फेरबदल गर्न सकिन्छ’, उनले भने । पौडेलले सरकारले सुशासन कायम गराउन सक्नुपर्नेमा जोड दिए । फरक प्रसंगमा पौडेलले पार्टी एकता गर्दाकै समयमा दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले त्यसमा विवाद नभएको तर्क गरे । ‘हामी एकताको पक्षमा छौं । एकता रहरको लागि गरिएको होइन’, पौडेलले भने, ‘त्यसैले विगतमा भएका सहमति इमानदारिताका साथ कार्यान्वयन गर्नुपर्छ ।’ पौडेलले गुठी विद्येयकलगायतका अन्य कुनैपनि विद्येयक खारेज नभएको सुनाउँदै तत्कालको लागि स्थगन गरिएको पनि स्पष्ट पारे । उनले संघीय संसदबाट बजेट पारित भएको सुनाउँदै आजबाट देशैभरिका ७५३ वा गाउँपालिकाहरुले बजेट बनाउने पनि सुनाए ।
सरकारको कामकारबाही अहिले नै मापन गर्न नसकिने बताउँदै कम्तिमा पनि बजेट कार्यान्वयन भएपछि मापन गर्न सकिने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us