बिना मगरलाई आफ्नै गाउँमा कालोझण्डा !

काठमाण्डु टुडे २०७६ असार १० गते १६:३६ मा प्रकाशित

काठमाण्डु, ११ असार– खानेपानी मन्त्री बिना मगरलाई आफ्नै गाउँमा कालो झण्डा देखाइएको छ ।

पुनर्वास नगरपालिका भवन उदघाटनका लागि जाने क्रममा मन्त्री मगरविरुद्ध काँग्रेस कार्यकर्ताले स्थानीय डोके बजार क्षेत्रमा कालो झण्डा देखाएका हुन् । मन्त्रीको बाटो छेकेर उनीहरुले कालो झण्डा देखाएका थिए । आफ्नो ठाउँबाट प्रतिनिधिसभामा जितेर गएकी मन्त्री मगरले जनभावनाअनुसार काम नगरेकाले विरोधमा कालो झण्डा देखाइएको काँग्रेस कार्यकर्ताले बताएका छन् । काँग्रेस कार्यकर्ताको अवरोधका कारण मन्त्री मगर समयमै गन्तव्यमा पुग्न सकिनन् । सोही विषयलाई लिएर पछि नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।

झडपका क्रममा कांग्रेस क्षेत्रीय सभापति गोपी उपाध्यक्ष तथा काँग्रेस कार्यकर्ताहरु राम खड्का र विक्रम चन्द घाइते भएका छन् । घाइते सबैको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले मन्त्रीमाथि अवरोध भएको स्वीकार गरे । ‘अहिले स्थिति सामान्य छ, मन्त्रीज्यू कार्यक्रमस्थलमा पुगिसक्नुभएको छ’, वैद्यले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us