उपमेयरको गाडी जलाइयो

काठमाण्डु टुडे २०७६ असार १० गते ११:२१ मा प्रकाशित

परासी, १० असार– अज्ञात समूहले पूर्वीनवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा आगजनी गरेको छ ।
उपमेयर चढ्ने लु१झ ३२१ नम्बरको सरकारी स्कार्पियोको पछाडिको भाग जलेर पछाडिको पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको संलग्नता रहेको बताएको छ । घटनास्थलबाट सो समूहको पर्चा भेटिए पनि आगजनीको जिम्मेवारी अझैसम्म कसैले लिएको छैन । यसअघि विप्लव समूहले उपमेयर मर्दनियाले गाडीसहित सरकारी साधनस्रोतको दुरुपयोग गरेको भन्दै चेतावनी पत्र पठाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us