विप्लव समूहले जावलाखेलमा बम राखेपछि मानिसहरुको भागाभाग

काठमाण्डु टुडे २०७६ असार १० गते ८:५० मा प्रकाशित

काठमाण्डु, १० असार– आफ्ना सर्लाही इन्चार्ज कुमार पौडेल हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले आह्वान गरेको नेपाल बन्द सफल पार्न ठाउँठाउँमा बम तथा शंकास्पद बस्तु राखेको छ ।

बम भेटिएपछि सर्वसाधारणमा त्रास त्रढेको छ । ललितपुरको जावलाखेल खेल मैदानमा प्रेसर कुकर बम भेटिएपछि मानिसहरुबीच हाहाकार मच्चिएको थियो । बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । र्कीर्तिपुर नयाँबजारमा भेटिएको शंकास्पद बस्तु भने बम नभएको खुलेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us