बलिउडको आदर्श जोडीको ‘ब्रेक अप’

काठमाण्डु टुडे २०७६ असार १० गते ८:२२ मा प्रकाशित

काठमाण्डु, १० असार– चर्चित बलिउड जोडीका अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीबीच ‘ब्रेक अप’ भएको छ ।


भारतीय सञ्चार माध्यमले उनीहरुको ‘ब्रेक अप’ भएको समाचार सार्वजनिक गरेका छन् । यो जोडी बलिउडको आदर्श जोडीका रुपमा परिचित थियो । लामो समयदेखि ‘रिलेसन’ मा रहेका उनीहरुको सम्बन्ध भने गोप्य थियो । दुवैले सम्बन्ध अस्वीकार गर्दै आएका थिए । पछिल्लो समय सहमतिमै उनीहरु टाढिएको बताइएको छ । शिदा शिवसेना पार्टीका नेता आदित्य ठाकरेसँग नजिक भएपछि दुई बीच विवाद बढेको थियो । सोही विषय चर्किंदै जाँदा उनीहरुबीच ब्रेक अफ भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us