लगातार ओरालो लागेको शेयर बजारमा सुधार

काठमाण्डु टुडे २०७६ असार ९ गते १९:३८ मा प्रकाशित

काठमाण्डु, ९ असार– लगातार ओरालो लाग्दै आएको शेयर बजार परिसूचक नेप्सेमा मंगलबार सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर २७१.०४ मा पुगेको छ । नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेन । १७३ कम्पनीका १५ लाख चार हजार ६७२ कित्ता शेयर ४८ करोड १४ लाख ९२ हजार ८२१ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर वृद्धि भएको छ । विकास बैंक २.४८ करोड १४ लाख ९२ हजार ८२१ मूल्यमा ५५, निर्जीवन बीमा २.२२, जीवन बीमा ०.४, सामूहिक लगानी कोषको ०.०३ बिन्दुले झरेको छ ।
यस्तै बैंकिङ ४.३४, होटल २६.५४, जलविद्युत् ८.५६, वित्त १.१, उत्पादन ७.७४, अन्य ८.६९ र लघुवित्त १७.३८ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको पाँच करोड १८ लाख ३३ हजार ८१९ कारोबार भयो । यस्तै चिलिमे जलविद्युत् कम्पनी दुई करोड ६० लाख ८० हजार ४६०, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर दुई करोड ५६ लाख ५३ हजार २५, डिप्रोक्स लघुवित्त वित्तीय संस्था दुई करोड ११ लाख ९३ हजार ९७५, नेपाल बैंक लिमिटेड दुई करोड १६ लाख ९९५ र प्रभु बैंकको एक करोड ६९ लाख १९ हजार २८६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबार भएका कम्पनीमध्ये जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.७८, सिभिल लघुवित्त वित्तीय संस्था ६.९४, अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ५.५६ प्रतिशतले गुमाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us