
काठमाण्डु, ९ असार– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सर्लाहीमा ६ असारमा प्रहरीको गोली लागि मारिएका प्रतिबन्धित नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या सम्बन्धमा छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले बैठकमा उपस्थित गृहमन्त्री रामबहादुर थापा बादललाई घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न निर्देशन दिएको हो । बैठकमा गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गरे पनि सांसदहरुले उनको दाबी पत्याएनन् । गृहमन्त्री थापाले दोहोरो भिडन्तमै पौडेल मारिएको जिकिर गरे पनि त्यसबारे छानबिन गर्न भने सरकार तयार रहेको बताएका छन् । घटनाको विरोधमा विप्लव नेकपाले मंगलबार (भोलि) नेपाल बन्द आह्वान गरेको छ ।