‘मिष्टर एण्ड मिस एसईई’ को ताज शिल्भा र रेनीलाई

काठमाण्डु टुडे २०७६ असार ६ गते १८:३६ मा प्रकाशित

काठमाण्डु, ६ असार – ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’को शिर्ष उपाधि शिल्भा भट्टराई र रेनी गुरुङले जितेका छन् । शिल्भा मोष्ट ट्यालेन्ट, बेष्ट र्याम्पवाक उपाधिसहित केटा तर्फको विजेता छानिएका हुन् भने रेनी भ्युवर्स च्वाइस्, पब्लिक च्वाइस् र बेष्ट स्किन उपाधिसहित केटी तर्फको शिर्ष विजेता घोषित भएकी हुन् । mr-Miss SEE

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजना गरेको प्रतियोगितामा केटा तर्फ सिमोन तामाङ मस्टफोटोजेनिक, म्यानेजमेन्ट च्वाइस् सहित फष्ट रनरअप, प्रतिक केसी बेष्टपर्सनालिटी सहित सेकेन्ड रनरअप र अनित राई फेसवुक च्वाइस् सहित थर्डरनरअप घोषित भए । प्रतियोगितामा पब्लिक च्वाइस्, भ्युवर्स च्वाइस् र मष्टपपुलर उपाधि कमल श्रेष्ठले हात पारे।

त्यस्तै केटी तर्फ सुभेच्छा वाग्ले बेष्ट र्याम्पवाक र मष्ट फोटो जेनिकसहित फष्ट रनरअप, क्रिपा ढकाल मिस ट्यालेन्टसहित सेकेण्ड रनरअप र स्वस्तिमा खड्का बेष्ट स्माइलसहित थर्ड रनरअप विजेता बने ।

आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगितामा केटीतर्फ सृष्टि कला राई मष्टपपुलर, वर्षा बोहरा फेसवुक च्वाइस्, बेष्टडान्स र युट्युव बेष्टभ्युज, रचना श्रेष्ठ सोसियल रेस्पोनसिवल, ऐश्वर्या तन्डुकार बेष्टहेयर, सुस्मिता रानाभाट बेष्ट डिस्पिलिन, अञ्जना रावल बेष्टस्पिच, मेन्खु शेर्पा मस्टफिटनेस, सर्किला कार्की मस्ट फ्रेन्डली, दिलासा मगर म्यानेजमेन्ट च्वाइस र स्मृति पौडेल बेष्ट सिंगर बन्न सफल भइन् ।

अश्विनी झाको कार्यक्रम संचालन तथा कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश बुढ़ाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवा, अध्यापक तथा संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित बिष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कूलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इंटरनेशनल तथा मिसेस एसिया प्यासिफिक चंन्दा थापा गिरी रहेका थिए ।

एसईई दिएर बसेका केटाकेटीको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रिती कार्कीले जानकारी दिइन् । विभिन्न सांगीतिक कार्यक्रमसहित प्रतियोगिता आयोजना गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us