हायात होटल खुलेपछि कर्मचारी काममा फर्किए

काठमाण्डु टुडे २०७६ असार ६ गते १६:२० मा प्रकाशित

काठमाण्डु, ६ असार — ६ दिनदेखि बन्द बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी खुलेको छ । मजदुर हडतालका कारण ६ दिनदेखि बन्द रहेको हायात होटलबिहीबार साँझ खुलेको हो ।hayat

मजदुर संघ सेवा सुविधाको माग गर्दै हडतालमा उत्रिएपछि व्यवस्थापनले होटल बन्द गरेको थियो । होटलअन्तर्गतको अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ श्रम ऐन कार्यान्वयनलगायत माग राख्दै आन्दोलनमा थिए । श्रम तथा रोजगार कार्यालयले हडताल रोकी काममा फर्कन र वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरैपछि संघले मंगलबारबाट नै आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

बिहीबार साँझ ६ बजेदेखि रिजर्भेसन खुला गरिएको हायात होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले जानकारी दिए । हडतालका कारण होटलको साखमा असर परेका उनको भनाइए छ ।

यसैबीच, होटल व्यवस्थापनले आन्दोलनमा संलग्न नौ कर्मचारीलाई कारबाही गरेको पनि जनाएको छ । कुल ४ सय जनशक्ति रहेको होटलमा ट्रेड युनियनमा आवद्ध सबैले काम छाडेर माग पूरा हड्तालमा उत्रिएका थिए । ती सबै आजदेखि काममा फर्किएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us