जडीबुटीमा पाकेटमारमाथि चक्कु प्रहार

काठमाण्डु टुडे २०७६ असार ५ गते १६:१६ मा प्रकाशित

काठमाण्डु, ५ असार – कोटेश्वरमा चक्कु प्रहार भएको छ । कोटेश्वर प्रहरीका अनुसार बिहीबार दिउँसो कोटेश्वर भन्दा अगाडि जडीबुटीमा डिम्पल घिसिङले चक्कु प्रहार गरेका हुन् ।

महानगरीय प्रहरी परिसद टेकुका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार घिसिङले सुरेश बुढाथोकीलाई चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते बुढाथोकीलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

घिसिङलाई कोटेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुवै पाकेटमार हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us