पुलमा हिँडिरहेकी महिला एक्कासी नारायणीमा हाम फालेपछि…

काठमाण्डु टुडे २०७६ असार ५ गते १६:०७ मा प्रकाशित

चितवन, ५ असार – भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी एक्कासि नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

पुलमा छाडेको झोलामा रहेको कागजातका आधारमा ती महिलाको पहिचान खुलेको र उनको खोजी भइरहेको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि असार १ गते राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा पनि स्कुटरबाट ओर्लेर सोही पुलबाट हाम फालेर बेपत्ता भएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us