सुनकाे मूल्य एक हजार बढ्यो

काठमाण्डु टुडे २०७६ असार ५ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, ५ असार। बिहीबार नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । आज सुनको मूल्य एक हजारले बढेको हो ।

बुधबार ६३ हजार तीन रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ६४ हजार रुपैयाँमा कारोबार भएको छ। तेजाबी सुनको मूल्यसमेत हजार रुपैयाँ नै बढेको छ ।

बुधबार ६२ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबार ६३ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us